Connect with us
Kapilvast Forest

दशैंमा गौतमबुद्ध पोलिक्लिनिकको दुईदिने विशेष अफर, सुगर जाँच निःशुल्क

२०८३, ३० आश्विन शुक्रबारमा प्रकाशित

कपिलवस्तु –
बडादशैंको पावन अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा रहेको गौतमबुद्ध पोलिक्लिनिक प्रा.लि.ले सेवाग्राहीलाई लक्षित गर्दै विशेष स्वास्थ्य सेवा तथा छुट अफर सञ्चालन गर्ने भएको छ ।

पोलिक्लिनिकले दशैंको अवसरमा सर्वसाधारणलाई स्वास्थ्यप्रति सचेत गराउने उद्देश्यले सुगर जाँच निःशुल्क गर्न लागिएको संचालक बाबुराम भुसालले बताउनुभयो । त्यसैगरी, थाइराइडसम्बन्धी परीक्षण (TFT) मात्र रु. ५०० मा उपलब्ध गराउने उहाको भनाई छ ।

अफर असोज ३१ गते र कात्तिक १ गते दुई दिन मात्र लागू हुनेछ। चाडपर्वको समयमा पनि स्वास्थ्यलाई प्राथमिकता दिन र समयमै स्वास्थ्य परीक्षण गराउन प्रोत्साहित गर्ने उद्देश्यले यो सेवा ल्याइएको भुसाल को भनाई छ ।

यसैबीच संचालक भुसालले बडादशैंको अवसरमा सम्पूर्ण सेवाग्राही, शुभचिन्तक तथा देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu