Connect with us

शिवराजमा खानेपानीको हाहाकार, जनप्रतिनिधि स्ट्यान्डबाजीमा व्यस्त

२०८३, ४ आश्विन आईतवारमा प्रकाशित

न्युजसेन्टर नेपाल , कपिलवस्तु –

कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित बनकसवासामा खानेपानीको हाहाकार भएको छ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयले समस्या समाधानका लागि नगरपालिका तथा जनप्रतिनिधिले प्रभावकारी पहल नगरेको गुनासो गरेका छन् ।

स्थानीयका अनुसार केही महिनाअघि खानेपानीको समस्या चर्किएपछि शिवराज नगरपालिकाले दमकल मार्फत पानी वितरण गरेको थियो । अन्य स्थानमा तत्कालका लागि पानी उपलब्ध गराइए पनि बनकासवासामा अहिले खानेपानीको संकट गहिरिँदा सम्बन्धित निकायले चासो नदिएको स्थानीयको आरोप छ ।

खानेपानीजस्तो आधारभूत आवश्यकताको विषयमा नागरिक समस्यामा परिरहेका बेला जनप्रतिनिधि भने समस्या समाधानभन्दा प्रचार र स्ट्यान्डबाजीमा बढी व्यस्त भएको स्थानीयको गुनासो छ ।

स्थानीयले सामाजिक सञ्जाल तथा सार्वजनिक गतिविधिमा देखिनेभन्दा नागरिकका दैनिक समस्याको समाधानमा जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताएका छन् ।

बनकसवासाका बासिन्दाले तत्काल वैकल्पिक माध्यमबाट खानेपानी उपलब्ध गराउन र दीर्घकालीन रूपमा भरपर्दो खानेपानीको व्यवस्था गर्न नगरपालिकासँग माग गरेका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu