Connect with us
Kapilvast Forest

नेपाली कांग्रेसले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने

२०८३, २८ आश्विन बुधबारमा प्रकाशित

नेपाली कांग्रेस शिवराज नगर समितिले विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपाली कांग्रेस शिवराज नगर समितिको आयोजनामा शुक्रबार दिउँसो २ बजे शिवराज नगरपालिका वडा नं ५ स्थित सभाहल, चन्द्रौटामा कार्यक्रम हुन लागेको नगर सभापति मधु पोख्रेलले जानकारी दिनुभयो ।

सभापति पोख्रेलका अनुसार चाडपर्वको अवसरमा आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधि, विभिन्न क्षेत्रका व्यक्तित्व तथा शुभेच्छुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

नेपाली कांग्रेस शिवराज नगर समितिले कार्यक्रममा सहभागी भई शुभकामना आदान–प्रदान गर्न सबैलाई आग्रह गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu