रास्वपाले सबै नेपालीको हितमा काम गरेको छ : नाजिया खान
काठमाडौ-
राष्ट्रिय स्वतन्त्र पार्टीको महिला नेतृ नाजिया खानले राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालीहरूको हितमा काम गरिरहेको बताउनुभएको छ। रास्वपा नयाँ नेपाल निर्माणको बलियो पार्टी रास्वपा रहेको बताउनुभएको छ। राष्ट्रिय मुक्ति पार्टी परित्याग गर्दै खानले रास्वपा रोजेको बताउनु भयो । उहाँले कपिलवस्तु तौलिहवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा भन्नू भयो” सारा नेपालीहरूको हित र विकासका लागि रास्वपाले राम्रो काम गरेकाले अब राजनीतिक यात्रा यही पार्टीबाट सुरु गरेको छु ।”
सोमबार कपिलवस्तुको तौलिहवास्थित होटल पाममा आयोजित कार्यक्रममा खानसहित दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन् । उनीहरूलाई कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का सांसद मोहनलाल आचार्य र क्षेत्र नम्बर २ का सांसद विक्रम सिंह थापाले संयुक्त रूपमा पार्टीमा स्वागत गर्नुभएको थियो ।
कपिलवस्तु नगरपालिका–१ की स्थायी बासिन्दा खानले समाजशास्त्रमा स्नातकोत्तर (मास्टर्स) गर्नुभएको छ । उहाँ प्रज्ञा प्रतिष्ठानमा सम्पादकका रूपमा समेत कार्यरत हुनुहुन्छ । राजनीतिक तथा बौद्धिक क्षेत्रमा आफ्नो अनुभवलाई अब रास्वपामार्फत जनताको सेवामा लगाउने उहाँको भनाइ छ ।
कार्यक्रममा सांसद मोहनलाल आचार्यले रास्वपाको संगठन विस्तार, राजनीतिक परिवर्तन र जनताको अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नयाँ सदस्यहरूको प्रवेशले पार्टी संगठन थप बलियो बन्ने उहाँले बताउनुभयो ।
त्यसैगरी सांसद विक्रम सिंह थापाले पार्टीको उद्देश्य, राजनीतिक संस्कार, सुशासन र जनताप्रतिको उत्तरदायित्वबारे धारणा राख्नुभयो । उहाँले नवप्रवेशीहरूलाई स्वागत गर्दै सबै मिलेर जनताको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो ।
रास्वपा जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न कार्यक्रम जिल्ला सभापति शिवकुमार सुवेदीको सभापतित्व तथा सचिव यमलाल आचार्यको सञ्चालनमा भएको थियो ।
कार्यक्रममा सहसचिव ई. देवेन्द्र शर्मा, कोषाध्यक्ष मोहन शर्मा, जिल्ला सदस्य सीता सापकोटा र मोहम्मद हईलगायतले नवप्रवेशीहरूलाई स्वागत गर्नुभएको थियो ।
त्यसैगरी क्षेत्रीय सभापति माधव पराजुली, क्षेत्रीय सचिव गयादिन कुर्मी (दिपु), कपिलवस्तु नगर सभापति रामु रेग्मी, सचिव सन्तोष कसौधन, यशोधरा गाउँपालिका सभापति धीरेन्द्र चौधरी, उपसभापति आशिष साहनी, मायादेवी गाउँपालिका सभापति कमलेश दुबे तथा संगठन विभागका उपप्रमुख बजरंगी कुर्मीलगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।