बुहारी बलात्कार र सासू हत्या गर्ने पक्राउ
सिरहा । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको भगवानपुर गाउँपालिका–३ का ३८ वर्षीय अजयकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
अस्थाई प्रहरी पोष्ट भगवानपुर सिरहाबाट खटिएको गस्ती टोलीले जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी यादवलाई एक वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
गत वर्षको कार्तिक ३० घरमा कोही नभएको समयमा ३८ वर्षीया महिलालाई बलात्कार गरी महिलाकी ६८ वर्षिया सासूको हत्या गरेको आरोप यादवमाथि छ ।
पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।