टिकट नपाएपछि रंगशालामा तनाव, प्रहरी भन्छ- भीडभाड हटाएका हौं
काठमाडौ ।तृपुरेश्वरस्थित दशरथ रंगशालामा तनाव भएको छ ।मंगलवार दिउँसो ३ बजे हुने नेपाल र बंगलादेशबीचको पुरुष फूटबल फाइनल हुँदैछ । फाइनल हेर्न टिकट नपाएको भन्दै दर्शकले होहल्ला गरिरहेका छन् ।भीड नियन्त्रण गर्न प्रहरीले लाठीसमेत चार्ज गरेको छ । प्रहरीको लाठीबाट पत्रकार सुमन चापागाईं घाइते भएका छन् ।यद्यपि एसएसपी उत्तमराज सुवेदीले टिकट नपाएको भन्दै होहल्ला गर्ने भीडलाई हटाएको बताएका छन् ।