Connect with us
Kapilvast Forest

अज्ञात रोगबाट १२ घण्टामा ३५ बंगुर मरे

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

राजविराज । सप्तरीको रुपनी गाउँपालिका–६ तेरहौतामा बंगुर फर्ममा अज्ञात रोगका कारण बंगुर मर्न थालेका छन् । सोमबार दिउँसो २ बजेदेखि मंगलबार १२ बजेसम्ममा अज्ञात रोगका कारण ३५ वटा बंगुर मरेका हुन् ।

मुख सुनिने, शरीरको तापक्रम बढ्ने र जिउ काप्ने जस्ता लक्षण देखिएको १ घण्टाभित्र बंगुर मर्ने गरेको फर्मका सञ्चालक कुलानन्द चौधरीले बताए ।

बंगुर धमाधम मर्न थालेपछि ग्रामीण पशु स्वास्थ्यका कर्मचारीबाट उपचार शुरु गराएपनि बंगुर मर्ने क्रम नरोकिएको सञ्चालक चौधरीले उल्लेख गरे । बंगुर मर्ने क्रम नरोकिएपछि अन्य फर्म सञ्चालक किसानहरु पनि चिन्तित भएका छन् । रुपनीमा मात्र करोडौंको लगानी गरेर भद्र कुमारी लामा, सुवास राई, सन्जमान तामाङ लगायतले बंगुर फर्म चलाइरहेका छन् ।

पशु स्वास्थ्य सम्पर्क केन्द्र सप्तरीका प्रमुख सूर्य नारायण शर्माले रोग फैलिएको पुष्टि गर्दै यस सम्बन्धमा माथिल्लो निकायमा जानकारी गराइसकेको र ल्याव टेष्टसहितको चिकित्सक टोली पठाउने तयारी भइरहेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu