कपिलवस्तुुको तिलौराकोट साझेदारी वनमा सः मिल संचालन
कपिलवस्तुु २४ मंसिर
नेपाल कै पहिलो बैज्ञानिक वन ब्यवस्थापन अ्रंगालेको तिलौराकोट साझेदारी वनले तौलिहजामा सः मिल संचालन गरेको छ । वन तथा भु– संरक्षण बिभागको २० लाख अनुदानमा वन उद्यम कार्यक्रम अन्र्गत सो संचालन गरिएको हो । जिल्ला प्रहरी कार्यालयको पुर्व पट्टी रहेको वनको जमिनमा मिल स्थापना गरिएको हो । बिभागका निर्देशक राम प्र्रसाद लम्सालले स्वीचको बटन थिचेर मिलको उदघाटन गर्दै सह मिलले साझेदारी वनका बिपन्न उपभोक्ताहरुलाईए सहज हुने बताए । वनको पहुच र लाभबाट बंचित हुदै आएका उपभोक्ताहरुले अब गुण्स्तरीय र सस्तोमा काठ पाउने उनले बताए । सः मिलमा फर्निचर तथा काठ सुधारको काम हुने छ ।
सो रकम सहीत साझेदारी वनले समेत मिल संचालनमा थप लगानी गरेको तिलौराकोट साझेदारी वनका अध्यक्ष जय प्रकाश पाण्डेयले बताए । सः मिलमा ठुलो आरा मेशीन ट्रोली, सानो मशिन हन्सा, गोदाम र पाले घर समेत निर्माण गरिएको छ । वन डिभिजन कार्यालय कपिलवसतुका प्र्रमुख ईश्वरी पौडेलले मिलले गरीब र बिपन्न उपभोक्ताहरुको काठमा पहुच पुग्ने बताए ।
सः मिलमा काठको झ्याल, ढोकाहरु पनि सहुलियतमा पाईने छ । साथै काठको मुल्य र चिरान खर्च समेत सस्तो हुने अध्यक्ष पाण्डेयले बताए । बजारमा प्रति क्युफिट चिरानको ढेड सय रुपैया पर्छ । यहा ८० देखि सय रुपैयामा चिरान हुन्छ । यस्तै ४ हजार ८ सय प्रति क्युफिटको काठ ३ हजार सम्ममा पाईने छ । सहायक वन अधिकृत मदनमाहेन सान्डील्यलले साझेदारी वनले आफै सः मिल संचालन गरे पछि त्यसको फाईदा उपभोक्ता र साझेदारी वन दुबैलाइृ हुने बताए ।
साझेदारी वन कपिलवस्तु , बुद्धभुमी, बाणगंगा,नगरपालिका र मायादेबी, यशोधरा गाउपालिकाका ३० हजार घरधुरीका २ लाख उपभोक्ताहरु जोडिएका छन । ६ हजार ६१२ हेक्टर क्षेत्रफल ओगटेको वनमा बार्षिक ५ करोड बढी आम्दानी हुने गरेको छ ।