Connect with us
Kapilvast Forest

कपिलवस्तुका पालिका प्रमुख र नेताले किन भेटे मन्त्री त्रिपाठीलाई ?

२०७६, २४ मंसिर मंगलवारमा प्रकाशित

कपिलवस्तु मंसिर २४ ,
कपिलवस्तुको अधीकांस नेताहरु केन्दीय राजधानीमा नेताहरुलाई भेटनामा व्यस्त देखीएका छन । कपिलवस्तुका नेकपाका नेता तथा पुर्व भौतिक पुर्वधार राज्य मन्त्री इश्वर दयाल मिश्र, शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा लगायतको व्यक्तीहरु काठमाण्डौमा मन्त्री भेटन व्यस्त रहेका छन ।

कपिलवस्तुको पालिका प्रमुख तथा नेताहरु मंगलवार काठमाण्डौँ समान्य तथा प्रशासन मन्त्रालयका मन्त्री हृदेश त्रिपाठीलाई भेट गरी कपिलवस्तुको विकासको लागि अनुरोध गरेको बताएका छन । कपिलवस्तु भित्र रहेका विकास निर्माण र कर्मचारीहरुको काम कार्वाहीको विषयमा मन्त्री त्रिपाठीलाई जानकारी गराएको विजयनगर गाँउपलिका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिनु भयो ।

कपिलवस्तुको टोलीले मन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन । कपिलवस्तु भित्र भईरहेको विभिन्न समस्या तथा विकासका गतिविधिबारे मन्त्री त्रिपाठीलाई भेटेर ध्यान आकर्षण गराएको गापाले बताउनु भयो ।

मन्त्री त्रिपाठीले कपिलवस्तुको कृषि, सिचाई, स्वास्थ्य, शिक्षा र समसामायिक विकास निमार्णका समस्याहरुलाई मध्यनजर गरी काम गर्ने अस्वासन दिनु भयो । समान्य तथा प्रशासन मन्त्रालयका मन्त्री हृदेश त्रिपाठीले कपिलवस्तुका कर्मचारीहरुलाई स्थानिय तहका प्रमुखसंग समन्वय गरी कार्य सम्पादन गर्न निर्देशन दिएको टोलीले जनाएको छ ।

तस्वीर शौजन्य विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा-

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu