Connect with us
Kapilvast Forest

नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल हुँदै

२०७६, २७ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं, मंसिर २७ । नेपालको निलो र जापानको जे लिग खेल्ने मिस्रित टिमबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजेपछि मैत्रीपूर्ण खेल सुरु हुने छ ।जापान फुटबल संघको सहयोगमा आएको टिमले गएको संस्करणको ‘ए’ डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबसँग पनि मैत्रीपूर्ण फुटबल खेल्ने छ ।

आज खेल्ने नेपाल निलो टिममा सागमा स्वर्ण पदक जित्दा खेलेका केही खेलाडी रहने छन् ।यस्तै नेपाल निलो र जापानी टोलीबीचको खेलका लागि रंगशालामा टिकट पनि तोकिएको छ ।साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँको टिकट तय गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu