पानी परेपछी किसानलाई राहत
- बृजेश यादव,
कपिलवस्तु मंसीर २७, कपिलवस्तुका किसानहरुले गँहु छरेको तिन हप्ता भयो । छरेको गँहु पुर्ण रुपमा उम्रीएका थिएन । गाँउ नजिकै रहेको पोखरीको पानीले ३ विघा खेत सिचाँई गरे, पोखरीको पानी सकियो बाकी गँहु कसरी सिचाइ गर्ने भनी चिन्तामा परेका थिए ।
कपिलवस्तुको किसानहरुको चिन्ता आज हटेको छ । आकासबाट आज विहानै देखी पानी परेपछी उनी गंहु सिचाईको चिन्ताबाट मुक्त भएका छन । यस्तै कपिलवस्तुको अंधिकांस किसानहरु पानी परेपछी खुशि भएको बताएका छन । आज विहानै देखी परेको पानीले मौसम चियो भएपनि किसानको खेतीलाई राहत भएको छ ।
सुक्न थालेको गंहुमा पानीले सिचाई भयो यस बर्ष राम्रो गंहु खेती हुने बडेगाँवका राजु यादवले बताए । उनले छरेको गंहु खेतमा कुनै पनि सिचाई सुविधा थिएर । आकासे पानीको भरले उनले गंहु छरेका थिए ।
पानी पर्यो अब गंहु र मसुरो राम्रोसंग सप्रीने उनले बताए । पानी परेपछी कपिलवस्तुका अधिकांस किसानलाई राहत भएको छ ।आज विहानै देखी पानी परेपछी कपिलवस्तुको जनजिवन कष्टकर भएपनी किसानलाई भने राहत भएको छ । मौसमविदको अनुसार अझै दुई दिन पानी पर्न सक्ने अनुमान गरिएको छ ।