सुत्केरीकाे उद्धार गर्ने हेली चार्टर
डोल्पा । जिल्ला अस्पताल डोल्पामा सुत्केरी हुन नसकेपछि काइके गाउँपालिका–२ की २३ वर्षीया पासाङ गुरुङको शनिबार उद्धार गरी सुर्खेत लगिएकाे छ ।गुरुङले दुई दिनदेखि शिशु जन्माउन नसकेको अवस्थामा थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए ।प्रजिअ केशीरीका अनुसार पेटमा नै शिशुको मृत्यु हुँदा जिल्ला अस्पतालमा उपचार संम्भव नभएको हो