Connect with us
Kapilvast Forest

गुल्मीमा २२ बर्षीय युवा मृत फेला

२०७६, २८ मंसिर शनिबारमा प्रकाशित

file death

गुल्मी । गुल्मीको धुर्कोट गाँउपालिका वडा नम्बर ४ जैसिथोक गोपेमा एक युवा मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय २२ बर्षीय कमल खत्री घरनजिकै मृत अवस्थामा फेला परेको छिमेकी रामु खत्रीले जानकारी दिए । उनी शुक्रबार साँझ कुलपुजाका पाहुनालाई खाना खुवाएर घरबाहिर निस्केका थिए ।

शनिबार बिहान ६ बजेतिर स्थानीयहरू बाटो हिड्दा कमलको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले वस्तु प्रहरी चौकी घटनास्थलमा गइसकेको छ भने पुर्कोटस्थित इलाका प्रहरी चौकि घटनास्थलमा जाँदैछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu