Connect with us
Kapilvast Forest

कांग्रेस केन्द्रीय कार्यसमितको बैठक बस्दै

२०७६, २९ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितको बैठक आज बस्दैछ । यसअघि बिहीबार रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले बहिस्कार गरेपछि आजका लागि बैठक सारिएको हो ।

नेता पौडेल असन्तुष्ट भएपछि सहमतिमा ल्याउन सभापति देउवाले छलफल गरेका थिए । सभापति देउवा हिजो बिहान नेता पौडेल निवास पुगेर सहमतिका लागि तयार रहेको बताएका थिए ।

उनले पौडेल पक्षको माग अनुसार नै अघि बढ्ने प्रतिवद्धता जनाएका थिए । पार्टी सभापति शेरबहादुर देउवालाघई पौडेलले महाधिवेशनको कार्यतालिका बाहेकका अरु विषय महत्वपूर्ण नभएको बताएका थिए ।बैठकमा दुवै नेताहरुले समस्या समाधानका लागि सहमति खोज्न दोस्रो तहका नेतालाई जिम्मा लगाएका थिए ।

हिजो साँझ पौडेल पक्षका नेता प्रकाशमान सिंह र देउवा पक्षका विमेन्द्र नीधिको नेतृत्वमा सिंह निवास चाक्सिबारीमा छलफलसमेत भएको र छलफल सकारात्मक भएको जनाइएको थियो ।पछिल्लो समय सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सहमति नहुँदा कांग्रेसमा बढ्दै गएको विवाद सतहमा आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu