Connect with us
Kapilvast Forest

बम विस्फाेटका घाइतेहरूकाे उपचार खर्च प्रदेश सरकारले बेहाेर्ने

२०७६, २९ मंसिर आईतवारमा प्रकाशित

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- ५ महेन्द्रनगरमा शुक्रबार राति भएको बम विस्फोट घटनाका पीडित परिवारलाई भेटेका छन्।

आइतबार बिहानै घटना स्थल पुगेका मुख्यमन्त्री राउतले घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहाेर्ने बताए। उनले मृतकका परिवारलाई राहत समेत उपलब्ध गराउने बताए।मृतकका परिवारलाई उपलब्ध गराइने रकमबारे आउँदो मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरिने उनकाे भनाइ छ।टोलीमा प्रदेशसभाका सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्यन्यायधीवक्ता दिपेन्द्र झालगायतकाे सहभागिता रहेको थियो। बम बिस्फोटमा परी प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu