कपिलवस्तुका उद्योगको १७ करोड डुब्यो,उपभोक्ताले मूल्य चुकाउनु पर्ने
बिकास थापा ,कपिलवस्तु २९ मंसिर । आकस्मीक बर्षावाट कपिलवस्तुका ७३ इटटा उद्योगको १७ करोड डुबेको छ । शुक्रबार बिहान देखी दिनभर परेको बेमौसमी बर्षाका कारण देशभरका ईट्टा उद्योगमका अरवको क्षेती भएको छ । एक्कासी परेको पानीले उद्योगको भट्टामा पकाउनका लागी तयारी गर्दै गरेको काँच्चो ईट्टामा क्षती पुगेको हो । कपिलवस्तु जिल्लाभर ७३ उद्योग रहेका छन् ती उद्योगमा ६ लाख देखि १२ लाख सम्म इटटा क्षेती भएका छन् । देशभर करिब १२ सय ईट्टा उद्योग रहेको तथ्याङ छ ।देशभरका उद्योगको अवस्था हेर्दा अरवमा क्षेती भएको नेपाल ईट्टा उद्योग ब्यवासायी महासंघका उपाध्यक्ष सफर अलि मियाको भनाइछ ।
यस वर्ष मंसिर महिना सकिन लाग्दा वर्षात भएका कारण ठूलो घाटा ब्यहोर्नुपरेको ईट्टा उद्योगीहरुले बताएका छन् । पकाउनका लागी तयारी अवस्थामा राखिएका ईट्टाहरु काम नै नलाग्ने भएर बिग्रीएपछी उद्योग संञ्चालकहरु चिन्तीत बनेका हुन । यता कपिलवस्तु जिल्लामा मात्र ६ करोड भन्दा बढि काँच्चो ईट्टामा क्षती पुगेको छ । ईट्टा बनाएर राखेका ठाँउहरुमा पानी जमेको छ । नेपाल ईट्टा उद्योग महासंघका उपाध्यक्ष सफर अलि मियाका अनुसार कपिलवस्तु जिल्लामा रहेका करिब ७३ वटा ईट्टा उद्योगमा गरि ६ करोड २० वटा काचो ईट्टामा क्षती पुगेको जनाईएको छ । कपिलवस्तु जिल्लामा रहेका प्रत्येक ईट्टा उद्योगहरुमा ६ लाखदेखी १२ लाखसम्म पकाउनका लागी तयारी अवस्थामा राखिएका राखीएको काँच्चो ईट्टामा क्षती पुगेको छ । जिल्लामा करिब १७ करोड रकम बराबरको लगानी आकाशे पानी संगै ढुबेको उहाको भनाई छ ।
जसमा सबैभन्दा बढि पञ्चकन्या ,लोकप्रिय ,समृद्धी ,सोना ,एपोलो ,सेभेन स्टर लगाएतका ईट्टा उद्योगमा क्षेती पुगेको छ । पकाउनका लागी तयारी अवस्थामा राखियका ईट्टाहरु काम नै नलाग्ने भएर बिग्रएपछी उद्योग संञ्चालकहरु अब मजदुरलाई कसरी पैसा दिने भन्ने अन्यौलमा परेका छन् । काँच्चो ईट्टाको विमा पनी नहुने र सरकारले उद्योगीहरुलाई क्षतीपुर्ती पनी नदीने गर्दा उद्योगीहरुले घाटा बेहोर्नु परेको उपाध्यक्ष मियाको भनाई छ । बिमाका लागि केही ईन्स्युरेन्स कम्पनीसंग पहल गरेता पनि जोखिमको काम भएको ब्यवसायीलाई भन्दा आफूलाई राहत दिने कुरा जस्तो गरेको भनाई छ । ईट्टा उद्योगीहरुसंग राज्यले कर लिए अनुसार विपदमा पनी आफुहरुलाई सहयोग गर्नु पर्ने उहा संगै ईट्टा ब्यवसायिहरुको माग रहेको छ । कुनै किसिमको सहयोग पनी नगर्ने भन्दै सरकारले आफुहरुलाई क्षती पुर्तिको ब्यवस्था गरिदिनु पर्ने समेत माग उद्योगीहरुको छ । यता क्षतीसंगै उपभोक्तालाई पनि प्रभाब पर्ने बताउनुभयो । अब केही ईट्टाको खरिदमा उपभोक्ताले बढि शुल्क पनि तिर्नुपर्ने अवस्था आउन सक्ने उहाको भनाई छ ।
उपभोक्ताको हित र हकलाई ध्यान राख्दै महासंघले काम गरिरहेको उहाको भनाई छ । नेपालमा आत्मनिर्भर भएको उद्योग ईट्टा उद्योग रहेको बताउदै सरकारले बिमाको ब्यवस्था र कच्चा पदार्थको आयतमा बिशेष ध्यान दिदै गुणस्तरीय कोईला सरकारले उपलब्ध गराउनुपर्ने उहाको माग छ । नेपालका अदक्ष ब्यक्तिहरुलाई रोजगारी दिने उद्योग पनि ईट्टा उद्योग रहेको बताउदै सरकारले आवश्यक तालिकमको पनि ब्यवस्था गरिदिए मजदुरलाई राहत मिल्ने स्पष्ट पार्नूभयो । प्रति काचो ईट्टाको मुल्य ढाई रुपैया देखी ३ रुपौयासम्म पर्ने गरेको संघको भनाई छ ।