धनुषामा फेरि भेटियो शंकास्पद वस्तु
काठमाडौं । धनुषाको श्रीपुर पर्वता माविमा शंकास्पद वस्तु फेला परेको छ । सोमबार बिहान विद्यालयको झ्यालमा शंकास्पद वस्तु फेला परेको हो ।
आइतबार राति जनकपुरका दुई ठाउँमा पनि शंकास्पद वस्तु फेला परेको थियो । अहिले नेपाली सेनाको टोली त्यसस्थानमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।शंकास्पद वस्तु कसले राख्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।