Connect with us
Kapilvast Forest

नरपानी बस दुर्घटना तीव्र गतिका कारण : छानबिन समिति

२०७६, २ पुष बुधबारमा प्रकाशित

अर्घाखाँची – गएको मंसिर ११ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देहीतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्बरको यात्रुवाहक बस सन्धिखर्क नगरपालिका ६ को सल्लेरीमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो ।

त्यही दुर्घटनाको कारण पत्ता लगाउन गठन गरिएको ९ सदस्यीय छानबिन समितिले आफ्नो प्रतिवेदन पेस गरेको छ । तीव्र गतिका कारण अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छानबिन समितिले निष्कर्ष  निकालेको छ ।

दुर्घटनापछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा भएको सर्वपक्षीय बैठकबाट सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरी १५ दिनभित्रमा प्रतिवेदन पेस गर्न आदेश दिइएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थलको स्केच, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थल प्रकृति मुचुल्का, बस मेकानिकल चेकजाँचको प्रतिवेदनका आधारमा छानबिन समितिले निष्कर्ष निकालेको हो ।

साथै चालकले चिया नास्ता खाएको होटल साहुको भनाइ, घुम्तीका सर्वसाधारण र  पसलेसँगको कुराकानी, घटनामा तत्काल उद्धारमा खटिएका प्रहरी चौकी नरपानीका चौकी इञ्चार्जको बयान, उद्धारकर्ताहरुको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा पेस गरेको कागजहरु, घटनास्थल प्रकृति मुचुल्का, रेखाचित्रण, फोटोग्राफी र घाइतेहरुको बयान कागजले समेत तीव्र गतिका कारण बस दुर्घटना भएको देखाएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu