उत्पादन र जनसंख्या वृृद्धिको असन्तुलनले आयात बढ्दै
काठमाडौं । सरकारले कृषि क्षेत्रको उचित व्यवस्थापन गर्न नसक्दा देशको बार्षिक उत्पादन दर खस्किरहेको छ । २०६९ सालको तथ्याङ्क अनुसार कृषिजन्य उत्पादन र जनसंख्या वृृद्धिदरबीचको असन्तुलनका कारण देश झन झन आयातमुखी बन्दै गएको छ ।
सरकारी तथ्याङ्क अनुसार खेतीयोग्य जमिन २१ लाख ६२ हजार ७ सय ५१ हेक्टर छ । नेपालको मुख्य खाद्यन्न बालीीमध्ये धान खेती प्रमुख हो । तर आर्थिक बर्ष २०७२/७३ मा कूल खेतीयोग्य जमिनको १ हजार ४ सय ७० हेक्टर क्षेत्रमा ५ हजार १ सय ५२ मेट्रिक टन मात्र धान उत्पादन भयो । बॉकी धान भारत, चीन लगायतका देशबाट आयात गरियो । नेपाल सरकार, व्यापार तथा निकासी प्रर्वद्दन केन्द्रका अनुसार आर्थिक बर्ष २०७५/७६ मा कृषिजन्य निर्यात ३६ अर्ब ६० करोड रह्यो भने २ सय २३ अर्ब ८४ करोड बराबरको कृषिजन्य बस्तु आयात भयो ।
यसैगरी आर्थिक वर्ष २०७४/७५ मा १५ अर्ब १३ करोड बराबरको तरकारीजन्य वस्तु आयात भएको थियो भने १३ करोड बराबरको निर्यात भएको देखिन्छ । सहायक तरकारी बालीको रुपमा रहेको प्याज नेपालको तराईदेखि हिमाली क्षेत्रमा खेती गर्न सकिन्छ । तर, आर्थिक बर्ष २०७५/७६ मा ५ अर्ब ६२ करोडको प्याज भारत, चीन लगायतका देशबाट आयात गर्नुपर्यो । चालु आर्थिक बर्षको कार्तिक मसान्तसम्म १ अर्ब ५९ करोडको प्याज आयात भएको व्यापार तथा तरकारी प्रवद्र्धन केन्द्रले जनाएको छ । आयात हुने मुख्य देश भारतले निर्यातमा कडाइ गरेसँगै नेपाली बजारमा प्याजको भाउ महंगिएको छ । यसकारण खाद्यान्न तथा बालीको उत्पादन, आयात र निर्यातमा सरकारी नियमनकारी निकायले उचित ध्यान दिन जरुरी रहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठ बताउँछन् ।
प्याज मात्रै नेपालमा बार्षिक ४० देखि ५० मेट्रिक टन खपत हुने गरेको छ भने गत आर्थिक बर्ष २०७५/७६ मा ९० देखि १ सय मेट्रिक टन नेपाल आयात भएको थियो ।
उत्पादन, आयात तथा निर्यातको यस्तो अनुपात हेर्दा जनसंख्याको बृद्धिदर र आयात निर्यात बीचको असमानता न्यूनिकरण गर्न नसके सरकारको सुखी नेपाली, सम्बृद्ध नेपालको अभियान नारामा मात्र सिमित रहने देखिन्छ ।