Connect with us
Kapilvast Forest

कलाकारको अभावमा लाखे नाच लोप हुँदै

२०७६, ३ पुष बिहीबारमा प्रकाशित

बागलुङ । नेवारी समुदायको प्रख्यात नाचका रुपमा रहेको लाखे नाचमा कलाकारको अभाव खड्किदै गएको छ । बागलुङका विभिन्न क्षेत्रमा बस्दै आएका नेवार समुदायहरुले आफ्नो चाडपर्व एवं विभिन्न मेला महोत्सव तथा कार्यक्रम पर्दा लाखे नाच प्रदर्शन गर्ने गर्छन् । तर अहिले वैदेशिक रोजगारमा जाने युवाहरुको संख्या बढेसंगै कलाकार पनि कम हुन थालेको अगुवाहरु बताउँछन् ।

बागलुङमा पनि कलाकार जुटेको समय पारेर मात्र जात्रा देखाउने गरिएको शाक्य समाजका अध्यक्ष गगनलाल शाक्यले बताए । नेवारी चाडपर्वमध्ये दर्जनबढी जात्रामा ५ देखि ४० जनासम्म कलाकार आवश्यक पर्छ । एउटा विधा जानेको कलाकारले अर्को विधा जान्दैन । तालिम दिएर युवामा कला र सीप हस्तान्तरण नगरे संस्कृति लोप हुने अवस्थामा रहेको शाक्यले बताए । पर्व विशेषको नाच निकाल्दा सामग्री समेतको खर्च वर्षेनी लाखौँ हुने उनको भनाइ छ ।

झन्डै ३ सय वर्ष पहिला उपत्यकाबाट बसाँइ आएका बागलुङे नेवारहरूले उपत्यकामा जत्तिकै संस्कृति बचाएर राखेका छन् । केही वर्षदेखि भने कलाकार उत्पादन हुन छाडेकाले संस्कृति लोप हुन सक्ने चिन्ता पनि व्यक्त गरेका छन् । घण्टा कर्ण भन्ने राक्षस नांगै हिँडेकाले तत्कालीन राजाले अनुमति दिएपछि स्थानीयले मारेको घटनासँग जोगी र लाखे नाँच जोडिएको छ ।

नांगै हिँडेकाले स्थानीयले घण्टा कर्णलाई मारेपछि उसकी श्रीमतीले रणचण्डीको रूप लिएको स्मरणमा लाखे नचाइन थालिएको हो । कुनैपनि राक्षसी प्रवृत्ति नआउने विश्वास लिएर उनीहरू जोगी बन्छन् । बसाइँसराइ र कलाकार अभावले संस्कृति जोगाउन मुस्किल परेको समाजसेवी देवबहादुर श्रेष्ठले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu