Connect with us
Kapilvast Forest

‘सहकारी बैंक सहकारी संस्थाहरूको संरक्षक हाे’

२०७६, ३ पुष बिहीबारमा प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक भएको बताउनुभएको छ ।राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६औँ वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक, तरलता व्यवस्थापक, पूँजी परिचालक र सल्लाहकार भएको बताउनुभएको हो ।

सहकारी संस्थाहरुको केन्द्रीय बैंकका रुपमा सहकारी बैंकले काम गर्नुपर्ने भन्दै खतिवडाले यसका असिमित क्षेत्र भएपनि कानुनी सीमा पनि रहेको कुरा स्मरण गर्न आग्रह पनि गर्नुभयो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी ऐन अनुसार सहकारी संस्थाहरुले केही गर्न खोजेपनि विभिन्न ऐनहरुले बाटो बन्द गरिदिने गरेको बताउनुभयो ।

सहकारी बैंकले बिहीबारबाट एटिएम सेवाको पनि सुरुवात गरेको छ । कृषि विकास बैंकसँगको सहकार्यमा एटिएम सेवा सञ्चालन गरिएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu