Connect with us
Kapilvast Forest

मोटरसाइकल चोरी गर्ने ११ जना पक्राउ

२०७६, ४ पुष शुक्रबारमा प्रकाशित

pakrau fiture

काठमाण्डौ – नेपाल प्रहरीले विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरले चन्द्रागिरि, नागार्जुन, कीर्तिपुरलगायतका विभिन्न ठाउँबाट हराएका नौ वटा मोटरसाइकलसहित ११ जनालाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) छेदुलाल कामतीले एकान्त ठाउँबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा कीर्तिपुरका मदन तामाङ, चितवनका सोम सुनार र सन्दीप गुरुङ, मकवानपुरका सन्तोष गोले, नवलपरासीका भरत थापा, चन्द्रागिरिका रिन्जेन मोक्तान, काभ्रेपलाञ्चोकका इन्द्रबहादुर तामाङ र गणेश लामा, सिन्धुलीका विक्रम भुजेल, बर्दियाका राजु पौडेललगायत छन् । चोरी मुद्दा दर्ता गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu