Connect with us
Kapilvast Forest

बालब‍ालिका बन्धक बनाएर फिराैती माग्ने दुई जना पक्राउ

२०७६, ५ पुष शनिबारमा प्रकाशित

पुस ५, काठमाण्डौ – तीन बालबालिकालाई अपहरण गरी बन्धक बनाएको अभियोगमा प्रहरीले काठमाण्डौबाट दुई जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरीको टोलीले बुधबार राति गोरखा घर भएका बिनोद थापा मगर र अर्का एक होटल सञ्चालकलाई पक्राउ गरेको हो ।

स्कुल जान लागेका बालबालिकालाई अपहरण गरी काठमाण्डौ टोखाको होटेल ब्लू स्टारको कोठा नम्बर ४०४ मा लगेर बन्धक बनाइएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । अपहरपछि बच्चाको आमालाई रिहाइका लागि तीन लाख फिरौती माग गरेका थिए ।

यस्ताे थियाे घटना

गएको शनिबार काठमाण्डौकी एक महिला आफ्ना बच्चाहरुलाई आफन्तको रेखदेखमा सामाखुसीमा रहेकाे कोठामा राखेर काम विशेषले पोखरा गएकी थिइन् ।
सोमबार उनलाई बच्चाकै मोबाइलबाट अपरिचित आवाजमा फोन आयो । ती अपरिचितले धम्कीको भाषामा भने, ‘तिम्रा छोराछोरी मेरो कब्जामा छन्, तीनलाख रुपैयाँ फिरौती दिएमात्र छाड्छु ।’

फोन गर्ने व्यक्ति थिए, बानेश्वर बस्ने कैलाली धनगढीका २४ वर्षीय आशिष सिंजाली । चिनजानकै व्यक्तिले फोन गरेको र बच्चाहरुले पनि मामा भन्ने गरेकाले सिंजालीले त्यस्तो गरेको पत्याउन ती महिलालाई मुश्किल भयो । तै पनि उनी पोखरा बस्न सकिनन् र सामाखुसीमा छोराछोरीलाई छाडेर गएको कोठमा आइपुगिन् । तर, कोठामा पुग्दा छोराछोरी थिएनन् ।

छोराछोरी कोठामा नभेटेपछि उनले अपहरणमा परेको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डौलाई जानकारी गराइन् । प्रहरीका अनुसार आशिषले ती बच्चाहरुलाई ‘तिम्री आमाले तिमीहरुलाई होटेलमा राख्नु भनेको छ’ भन्दै ब्लूस्टार होटेलमा लगेर बन्धक बनाएका थिए ।

बुधबार पक्राउ परेका बिनोद मगरले प्रहरीलाई दिएको बयानमा काठमाण्डौमा अन्य दुई जनालाई अपहरण गरेको सम्बन्धमा हेटौँटामा पक्राउ परेपछि सिंजालीले बच्चाहरुको रेखदेखका लागि आफूलाई राखेको बताएका छन् ।

मगरमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj