कुखुराको खोरबाट हतियार बरामद
सुनसरीप-सुनसरीको बराहाक्षेत्र नगरपालिका–५ बाट हातहतियार बरामद भएकाे छ।
पूर्वी पृतना मुख्यालय इटहरीले खेमराज प्रधानको कुखुरा पाल्ने खोर मुनि गाढेर राखेको अवस्थामा १ थान एसएमजि र विभिन्न
मा प्रयोग हुने ९ हजार ९८२ राउण्ड गोली फेला परेको हो।
प्रहरीले हतियार फेला पारेपछि नेपाली सेनाले गाढेको ठाउँबाट खनेर निकालेको थियो। करीब पाँच वर्ष अगाडि ढलान गरेर निमार्ण गरेको कुखराको खोरमा भेटिएको गोली तत्कालीन द्वन्द्वकालमा प्रयोग भएको हुन सक्ने अनुमान गरिएको छ । धेरै वर्षदेखि उक्त ठाउँमा प्रधानले कुखुरापालनसमेत गर्दै आएका थिए।
प्रारम्भिक चरणमा प्रहरीले मुचुल्का उठाउँदै यो कहिले र कस्ले गोढेर राखेको अहिले भन्न नसकिए पनि अनुसन्धान गर्दै जाँदा खुल्दै जाने प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए।