एसईई प्रश्नपत्र केन्द्रले नै छाप्ने
काठमाडाैं -यसपटक पनि प्रवेशिका परीक्षा (एसईई)को प्रश्नपत्र केन्द्रबाट नै छापेर प्रदेशमा पठाइने भएको छ ।नेपालको संविधानले माध्यमिक तहको शिक्षाको अधिकार प्रदेश तहलाई प्रत्यायोजित गरिसकेको छ ।सोहीअनुरूप एसईई परीक्षाको उत्तरपुस्तिका प्रदेश सरकारले छाप्ने र परीक्षा व्यवस्थापन गर्दै आएको छ भने स्थानीय तहले कक्षा ८को परीक्षा पूर्ण रूपमा सञ्चालन गर्ने गरेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।