जनकपुरको शुक्रवारी बजारमा शंकास्पद वस्तु भेटियो, सेनाको टोली जाँदै
जनकपुरधाम ,पुस ७:
जनकपुरधाम उपमहानगर ४ स्थित शुक्रवारी बजार अगाडी शंकास्पद वस्तु फेला परेको छ ।आइतवार राति ११ बजेदेखि त्यस स्थानमा शंकास्पद वस्तु राखिएको पाइएपछि प्रहरीले रातीदेखि नै सडकमा आवागमनमा रोक लगाएको छ ।नेपाल प्रहरीले सो वस्तु बम भएको आशंकामा डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइसकेको जानकारी दिएको छ ।यद्यपी सेनाको टोली आइपुगिनसकेको प्रहरीको भनाइ छ ।
ब्युटी पार्लरमा राखिने कपालजस्तै देखिने त्यो वस्तु के हो भन्ने पुष्टी भइसकेको छैन । बाहिरबाट हेर्दा पुत्लाको टाउकोजस्तै देखिने त्यस वस्तुमा भित्र के छ भन्ने यकिन भइसकेकाे छै । प्रहरीले अहिले त्यस स्थानमा उच्च सुरक्षा सर्तकता अपनाइएको जनाएकाे छ ।