Connect with us
Kapilvast Forest

पहिरोले बेनि-जोमसोम सडक अवरुद्ध

२०७६, ११ पुष शुक्रबारमा प्रकाशित

 

म्याग्दी । म्याग्दीको गुइठेभिरमा खसेको सुख्खा पहिरोका कारण बेनि जोमसोम सडक अवरुद्ध भएको छ । जिल्लाको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक शुक्रबार बिहानदेखि अवरुद्ध बनेको हो ।सुख्खा पहिरोका कारण ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध बनेको छ । बिहीबार राती खसेको पहिरो पन्छाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनीका एक्साभेटर परिचालन गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभएको छ ।

पहिरोका कारण मुलुकका विभिन्न ठाउँबाट बेनी हुँदै मुस्ताङ जान हिंडेका र मुस्ताङ हुँदै बेनीतर्फ छुटेका सवारी साधनहरु बिच बाटोमै रोकिएका छन् । अवरुद्ध सडकका कारण हुँदा स्थानीयबासी, मुुक्तीनाथ जाने र फर्कने तिर्थयात्री तथा पर्यटकहरुले सास्ती भोग्नुपरेको छ ।स्तरोन्नतिको क्रमजारी रहेको बेनी–जोमसोम सडकको गुइठेभिर खण्ड जोखिमयुक्त सडक मानिन्छ ।यहाँ पटक पटक पहिरो खस्ने गरेको स्थानीय धन रोकाले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu