Connect with us
Kapilvast Forest

समामुखमा कुरा नमिलेपछि संसद बैठक रोकियो

२०७६, ११ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं : शुक्रबारको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि तथ भएको बैठक स्थगित भएको संसद सचिवालयले जानकारी गराएको हो। संसद सचिवालयले विशेष कारणवश बैठक स्थगित भएको र अर्को बैठक पुस १६ गते हुने सूचना जारी गरेको छ।

शुक्रबार समामुखका लागि निर्वाचनको मिति तोक्ने कार्यसूची थियो । सभामुखका लागि सत्तारुढ दलभित्र सहमति नजुटेकाले बैठक रोएिको हो। तत्कालीन सभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयकै कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि उनले राजीनामा दिएका थिए । संसदको हिउँदे अधिवेशन यही पुस छ गतेबाट सुरु भएको हो।

रिक्त समामुख पदमा पूर्व एमाले र पूर्व माओवादी दुवै पक्षको दाबी रहेका कारण नेकपामा सहमति हुन सकेको छैन । उपसमुख शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखमा दाबी गरिरहेकी छिन् । एउटै दलको सभामुख र उपसभामुख बन्न नपाउने संवैधानिक व्यवस्था छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu