Connect with us
Kapilvast Forest

गोरुसिंगे हत्याकाण्ड: बुहारीले नै ससुराकाे हत्या गरेको सिआईबीको ठहर

२०७६, ११ पुष शुक्रबारमा प्रकाशित

  • कपिलवस्तु-पुष ११,

कपिलवस्तु- गत मंसिर १३ गते कपिलवस्तुको गोरुसिंगेमा भएको हत्यामा बुहारीकै हात रहेको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले ठहर गरेको छ। गोरुसिंगेमा ५५ वर्षिय धनराज पौडेल आफ्नै कोठामा बिभत्सरुपमा मृत अवस्थामा भेटिएका थिए। सो घटनामा आफ्नै बुहारी लक्ष्मीकै संलग्नता रहेको भन्दै सासु हुमकला पौडेलले इैलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिईन्।

हत्या रहस्मय बन्दै गएपछि त्यसको अनुसन्धान र छानबीनकालागि गत मंसिर तेश्रो साता सिआईबीको ३ सदस्यीय टोलीले अनुसन्धान गरेको थियो। ईलाका प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक सुभाष खडका र सिबिआई टोलीले घटनामा बुहारी कै संलग्नता देखाएको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए। लक्ष्मीको कपडामा रगत भेटिनु, शवमाथि उनकै मोबाइल भेटिनु हत्यामा घरकै हतियार प्रयोग हुनु र घटनाबारे लुकाउन आफैले हल्ला गर्नुले घटनामा उनको संलग्नता देखिएको प्रहरी उपरिक्षक मल्ले बताए।

फोरेन्सिक ल्याब टेस्टमासमेत लक्ष्मीको लुगामा लागेको रगत धनराज कै रहेको पुष्टी भएको छ। किटानी जाहेरी, प्रहरी अनुसन्धानपछि लक्ष्मीमाथि कर्तब्य ज्यान मुद्दा चलाईएको उनले बताए। लक्ष्मीलाई अदालतमा पेश गरिएको र उनको बयान लिने काम भईरहेको श्रोतले जनाएको छ।

यध्यपी लक्ष्मीले सो घटनामा आफ्नो कुनै संलग्नतना नरहेको बताएकी छन्। प्रहरीले बिभिन्न व्यक्ति, छिेमेकीहरुसँग साधेपुछ गर्दा घटनाका दिन त्यहाँ कुनै अपरिचित व्यक्ति आएको देखिएन। लक्ष्मीले योजना बद्धरुपमा हत्या गरेको र हत्याको बेला टिबिको आवाजसमेत बढाएकी थिइन्। ‘हत्या निकै चलाखीपूर्ण तरिकाले गरिएको छ,’ प्रहरी नायब उपरिक्षक मल्ले भने। २ वर्षे छोरालाई लक्ष्मीको श्रीमान शंकरलाई जिम्मा लगाइएको छ।

लक्ष्मीको १४ हप्ताको गर्भ पनि रहेको प्रहरीले जनाएको छ। पौडेल आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए। १३ गते दिउँसोे घटना भए पनि प्रहरीले साँझ ७ बजे मात्र घटनाबारे थाहा पाएको थियो। 

  • किरणमान बज्राचार्यबाट
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu