Connect with us
Kapilvast Forest

चन्द्रौटा महोत्सवको तयारी अन्तिम चरणमा

२०७६, ११ पुष शुक्रबारमा प्रकाशित

अर्जुन बेल्बासे ,कपिलवस्तु,पुस ११।

चन्द्रौटामा हुन लागेको औद्योगिक व्यापार मेला कृषि पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । उधोग बाणिज्य माहासंघ चन्द्रौटाका आयोजनामा आगामी पुस १४ गतेदेखि २६गतेसम्म सञ्चालन हुन लागेको मेलाको तयारी अन्तिम चरण्मा पुगेको हो ।शिवराज नगरपालिकालाइ औद्योगिक र व्यापरिक नगर क्षेत्रको रुपमा स्थापित गर्ने तथा सास्कृतिक सम्पदाहरुको जर्गेना गर्ने मुख्य उदेश्यले आयोजित महोत्सवमा स्थानीय उत्पादन र बजारलाई प्रमुख ग्राहयता दिने आयोजकले जनाएको छ ।महोत्सवको समुदघाटन उधोग बाणिज्य माहासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुहुने भएको छ ।ग्लोबल आइ एम इ बैंकका अध्यक्ष समेत रहेका ढकालले मेलाको उदघाटन गर्नु हुने मेला मुल आयोजक समितिले बताइएको छ ।

 

मेलामा बालउद्यान, झुला तथा कृषि जन्य उत्पादनको मेला स्थलबाट सहजै अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।त्यस्तै छैठौं चन्द्रौटा महोत्सवको डन्स आइडलको प्रथम अडिसन यहि पुष १३ गते आइतबार दिउँसो २ बजे हुने आइडल सम्योजक सुमन पौडेलले जानकारी दिए ।

स्थानीय स्ततरमा लुकेर रहेका नृत्य प्रतिभाहरुलई माथि उठाउन आइडल आयोजना गरिएको हो । पहिलो अडिसन बाट छनौट भएका प्रतिशप्रधिहरु चन्द्रौटा डान्सको प्रतिशप्रधाको मैदानमा उत्रिने आइडल सम्योजक सुमन पौडेलले जानकारी दिए । छैठौं चन्द्रौटा डान्स आइडलको प्रथम पुरस्कार रु ५०हजार एक सय एघार दोस्रो पुरस्कार रु.३०एक सय एघारर सन्त्वना पुरस्कार २ जनालाई रु १०,एक सय एघार र१०,हजार एक सय एघार रहेको महोत्सव मुलआयोजक समितिले जानकारी गराएको ।चन्द्रौटा डान्स आइडलमा निर्णायक को भुमिका डान्सर तथा मोडल निर्देशक शुमन पौडेल तथा नित्य निर्दे्िशका वविता धितालका भुमिका रहने आयोजकले जानकारी गराएको छ ।

। महोत्सवको दिनआउन अव मात्रै ३दिन मात्रै रहिरहदा आयोजकले महोत्सव सफल पार्न विभिन्न सघंसंस्थालाइ पत्र पठाउने काम भइरकेको छ। बनाउन आयोजकले कामहरु तिव्र रुपमा गरिरहेको छ ।महोत्सवका विषयगत समिति गठन गरि कार्य प्रगति र आगामी योजनाबारे छलफल गरिएको छ भने बाँकी कामलाई यथाशिघ्र सम्पन्न गर्ने योजना निर्माण गरिएको मुलआयोजक समितिलिे बतायो ।
विभिन्न निकायसंग समन्वय र सहकार्य, प्रचार प्रसारका तयारीका कामहरु भईरहेको र स्टलहरु बुकिङ पनि अन्तिम चरण्मा पुगिसकेकोे मुलआयोज समितिका संयोजक जमसेर अलिमियाले बताए । महोत्सवमा २ सय विभिन्न्न स्टलहरु रहने संयोजक मियाले बताए ।

महोत्सवको भावि योजना र विषयगत समिति गठनका लागि पुस १३ गते विहान पत्रकार सम्मेलन गर्ने आयोजकले जनाएको छ । छैठौं चन्द्रौटा महोत्सवमा नेपाल टेलिकम दुर संचार कार्यालय चन्द्रौटाले १००० फोर जी फ्रि सिम वितरण गर्ने भएको छ । महोत्सव अवलोकन गर्न आउने दर्शकहरुलाई फ्रि फोर जी सिम वितरण गरिने भएको दु.सं.का चन्द्रौटा कार्यालय प्रमुख सन्तोष कुमार गुप्ताले जानकारी दिनु भएको छ ।

महोत्सव अवलोकन गर्न आउने दर्शक एवं नेपाल टेलिकमका गा्रहकहरु को सेवा सुविधाको मध्यनजर गर्दै अस्थाई मोबाईल टावरको समेत व्यवस्था गरिने भएको छ । १४ गते देखि २६ गते सम्म १० दिन नै सिम वितरण गरिने भएकाले सिम प्राप्त गर्न आफ्नो पासर्पोट साईजको एउटा फोटो र नागरिकता प्रतिलिपि एक थान लिइएर आउन पर्ने दु.सं.का चन्द्रौटा कार्यालय प्रमुख सन्तोष कुमार गुप्ताले जानकारी दिनु भएको छ ।

कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ शिवराज नगरपालिकालाइ औद्योगिक र व्यापरिक नगर क्षेत्रको रुपमा स्थापित गर्ने तथा सास्कृतिक सम्पदाहरुको जर्गेना गर्ने मुख्य उदेश्यले आयोजित महोत्सवको प्रचार प्रसार तिव्र पारीएको पे्रस संयोजक कृष्ण गैरेले बताए।महोत्सवमा नेपाली चलचित्र जगतका नायक राजेश हमाल सहित राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुको उपस्थितीले महोत्सवकोे रौनतकता छाउने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu