Connect with us
Kapilvast Forest

प्रदेश हेरफेरको कुरा बेमौसमी बाजा हो : नेता राई

२०७६, १२ पुष शनिबारमा प्रकाशित

१२ पुस, बाँके । पूर्वमन्त्री एवं सङ्घीय समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भन्नु बेमौसमी बाजा बजाउनु जस्तै भएको बताएका छन् ।

नेपालगञ्जमा शुक्रबारदेखि शुरु भएको दोस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु तथा कृषि, प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा नेता राईले प्रदेश हेरफेरको कुरा गरेर केहीले जनतालाई दिग्भ्रमित पार्ने खेल खेलेको बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन समन्वय समिति बनेर ‘माहौल’ बनाउने अभियान शुरु भएपछि पूर्वमन्त्री राईले यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘संविधान संशोधनको माग पूरा नभएपछि भर्खरै हामीले सरकार छोडेका छौँ, यो अवस्थालाई नबुझेर प्रदेश हेरफेरको कुरा गर्नु बहुलठ्ठीपन मात्र हो,’ नेता राईको भनाइ थियो ।

समन्वय समितिका संयोजक नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाप्रति लक्षित गर्दै पूर्वमन्त्री राईले भने, ‘तपाईँ नगरको विकासमा ध्यान दिनुस्, जनतालाई भ्रम छर्ने काम गर्नु हुँदैन ।’

सो महोत्सव उदघाटन अघि बिहान नेपालगञ्जमा सांस्कृतिक झाँकी पनि निकालिएको थियो । महोत्सवलाई नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा बाँके र प्रदेश ५ समिति बुटवलले सघाएको छ । ‘मेहनत सिर्जना उत्पादन र वस्तु मेरै नेपालको’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको हो । यस क्षेत्रका घरेलु तथा लघु उद्योगको संरक्षण, विकास तथा उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गरिएको संयोजक रचना श्रेष्ठले बताइन् ।

यही पुस २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा २५० बढी प्रदर्शनी कक्ष राखिएका छन् । ती कक्षहरुमध्ये ५० वटा घरेलु तथा साना उद्योगको प्रवर्द्धनका लागि छुट्याइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu