मुलुककै ठूलो उद्योग होङ्सी सिमेन्ट कारबाहीमा
काठमाडौं । मुलुककै ठूलो सिमेन्ट उद्योग होङ्सीमाथि कारबाही भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले होङ्सीसहित बृज र पीपीसी सिमेन्ट उद्योगमाथि कारबाही गरेको हो ।
सार्वजनिक लेखासमितिमा सिमेन्टको गुणस्तरबारे महानिर्देशक विश्वबाबु पुडासैनीलाई अनियमिताको आरोप लगाएपछि विभागले कारबाही थालेको हो । विभागले ३ उद्योगको नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गराउँदा नेपालगुणस्तर अनुरुप नपाएपछि स्पष्टिकरण सोधेको हो ।
चिनियाँ लगानीमा स्थापना भएको होङ्सीको उत्पादन क्षमता दैनिक १२ हजार टन छ । उद्योगले अहिले दैनिक ६ हजार टन उत्पादन गर्दै आएको छ । नवलपुरको सर्दीमा रहेको होङ्सी सिमेन्ट उद्योगलाई सरकारले आवश्यकता अनुसारको विद्युत उपलब्ध गराएको छैन् । विद्युत प्रयाप्त नहुँदा उद्योगले क्षमता अनुसार उत्पादन गर्न सकेको छैन । होङ्सीले २ वर्षदेखि सिमेन्ट उत्पादन थालेको हो ।
होङ्सीले उत्पादन शुरु गर्नुअघि बजारमा भारतीय सिमेन्टको एकाधिकार थियो । होङ्सीले उत्पादन थालेपछि भने सिमेन्ट बजारमा भारतको एकाधिकार तोठिएको छ । होङ्सीको उत्पादन शुरु भएपछि बजारमा सिमेन्टको भाउ समेत प्रतिबोरा एक सय रुपैयाँ घटेको छ ।
विभागले होङ्सीमा इनिसियल सेडिङ आधा घ(ण्टामा हुनुपर्नेमा नरहेको पाइएको जनाएको छ । विभागका अनुसार बृज सिमेन्टको पीपीसी कम्प्रेसिभ स्टे«न्थ २१ एमपीए र आरआर(इन्स्लोबल रेसिङयू २९ दशमलव ९ प्रतिहत नेपाल गुणस्तर ३८५ अुसनर छैन । पीपीसी सिमेन्टमा विभागले आइआर २८ प्रतिशत हुनुपर्ने तोकेको छ । विभागले ती उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली, २०४० को नियम(१६) अनुसार १५ दिनको स्पष्टिकरण सोधिएको जनाएको छ । विभागले अन्य ६ वटा ग्यास उद्योगलाई पनि स्पष्ठिकरण सोधेको छ ।