Connect with us
Kapilvast Forest

शिवराज नगरपालिका वडा नं.११ मा आपाङ्ग परिचय.पत्र वितरण

२०७६, १४ पुष सोमबारमा प्रकाशित

राम अवतार चौधरी कपिलवस्तु, १४ पौष । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.११ मा आपाङ्ग परिचय.पत्र वितरण गरिएको छ । जन्मजात आपाङ्ग तथा उपचार गरेर निको नभएको व्यक्तिलाई परिचय पत्र वितरण गरिएको नगरपलिकाले जनाएको छ । आपाङ्ग रहेका १० जनालाई परिचय पत्र वितरण गरिएको छ साथै नगरपालिकाले क, ख ,ग र घ गरि ४ प्रकारका परिचय पत्र वितरण गरिरहेको आपाङ्ग परिचय पत्र जारी शाखा अधिकृत प्रमोद खनालले जानकारी दिनुभयो ।

त्यसमध्य क वर्गले मासिक ३ हजार, ख वर्गले १ हजार ६ सय रुपैया मासिक पाउनुका साथै ग र घ वर्गका आपाङ्गले पाउने सेवा सुविधा पाउनको लागि परिचय पत्र वितरण गरेको शिवराज नगरपालिका जनस्वास्थ्य शाखा अधिकृत चुडामणी भट्टराईले जानकारी दिनुभयो । शिवराज नगर उप–प्रमुख शिवकुमारी थारु, शिवराज नगरपालिका जनस्वास्थ्य शाखा अधिकृत चुडामणी भट्टराई, आपाङ्ग परिचय पत्र जारी शाखा अधिकृत प्रमोद खनाल, वडा नं.११ का वडा अध्यक्ष रामेश्वर बर्मा लगायतको टोलीले आपाङ्ग परिचय.पत्र वितरण गरेका थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu