सरकार उद्योगी व्यपारीको पक्षमा छैन : उपाध्यक्ष ढकाल
सनिउल्ला धोबी, कपिलवस्तु पौष १४-
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले वार्तमान सरकार उद्योगी व्यपारीहरुको पक्षमा नरहेको बताउनु भएको छ । सरकारले विभिन्न्न वहानमा उद्योगीहरुलाई मारमा पार्दै गएको बताउनु भएको छ । कपिलवस्तुको चन्द्रौटामा आयोजित छैठौँ चन्द्रौटा ओद्यौगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सवको उदघाटनका क्रममा उहाले यस्तो बताउनु भएको हो ।
मेलालाई सम्बोधन उहाले सरकारले उद्यँोगलाई चाहिने कच्चा पदार्थ सहज उपलब्धता नहुनु उद्योगीलाई करको दयारमा मात्र पार्नुले समास्य सृर्जना भएको बताउनु भयो । कपिलवस्तुको चन्द्रौटा कृष्णनगर क्षेत्रलाइ औद्योगिक करिडोरको लागि पहल गर्ने उदघोष गर्नु भयो ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै पुर्व मन्त्री तथा भारताका लागि नेपाली पुर्व राजदुत दिप कुमार उपाध्ययले मेला महोत्सवले गर्दा यस क्षेत्रको विकासमा टेवा पुग्ने बताउनु भयो । निजि क्षेत्र तथा सरकार विच मतअन्तर रहेको बताउनु भयो । तिन तहको सरकारले गर्दा उद्योग सञ्चालन गर्न कठिनाई भएकोले सरकारले सहज प्रक्रिया गर्नु पर्ने बताउनु भयो । यस क्षेत्रलाई औद्योगिक करिडोर निर्माणका लागि आफुले पहले गर्नु भयो ।

शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले मेला महोत्सवले गर्दा यहा रहेको धर्मीक ऐतिहासिक क्षेत्रका प्रचार प्रसार हुनुका साथै संरक्षीत भएको बताउनु भयो । नगरपालिकाले समेत मेला महोत्सवमा विशेष सहयोग गर्ने बताउनु भयो । महोत्सवमा स्थानिय उत्पादनले समेत विशेष महत्व पाएको बताउनु भयो ।

राजपा नेपालका केन्द्रिय सचिव रविदत्त मिश्राले मेला महोत्सवले गर्दा समुदायमा भाइचाराको सम्बन्ध स्थापित हुन बताउनु भयो । मेलामा स्थानिय उत्पादन तथा कृषिमा विशेष जोड दिनु पर्ने बताउनु भयो ।व्यपार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले कपिलवस्तुमा प्रदेशको राजधानी राख्नाका लागि सहज पहल गर्दा अति उत्तम हुने बताउनु भयो । हामी उद्योगी व्यपारीहरुले हातेमालो गरी प्रदेशको राजधानी कपिलवस्तु उपयुक्त हुने धारण राख्नु भयो ।
चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मुल आयोजक संयोजक जमशेर अलिले मेला महोत्सवले कपिलवस्तुको गरिमा बढाएको बताउनु भयो । मेलामा कपिलवस्तुका विभिन्न ऐतिहासिक स्थलको प्रचार प्रसारका लागि पहल गरेको बताउनु भयो ।
आज देखि सुरु भएको महोत्सव पुष २६ गते सम्म लाग्ने मुल आयोजक समितिका संयोजक जमसेर अलिमियाले जानकारी गराए । कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ मेलाको आयोजना गरिएको हो ।
महोत्सव उद्धघाटन समाहोरमा विभिन्न झाकी प्रदर्शन, विभिन्न जातजातीका भेषभुषा तथा कला संस्कृतिको प्रस्तुति रहने जनाइएको छ । मेलामा बालउद्यान, झुला तथा कृषि जन्य उत्पादनको मेला स्थलबाट सहजै अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।
महोत्सवमा २ सय बढि स्टल रहेको छ । महोत्सव बाट १ लाख दर्शक भित्राउने लक्ष्यराख्नुका साथै महोत्सवमा १ करोड बरावरको कारोबार गर्ने लक्ष्य रहेका संयोजक मियाले बताए।
मेलाबाट शिवराज नगरपालिकालाइ औद्योगिक र व्यापरिक नगर क्षेत्रको रुपमा स्थापित गर्नुका साथै नेपल सरकारले लिएको पर्यटन बर्ष २०२० लाई सफल पार्ने साथै स्थानीय पर्यटकिय स्थल सोनोवागढ शिवगढी जस्ता स्थानिय धार्मिक सथलको प्रचार गर्ने लुम्बिनीमा आउने पर्यटकलाई यहाँ सम्म ल्याउने वातावरण बनाउने मुख्य उदेश्यले आयोजित छैठौ औद्योगिक व्यापार मेला सफल हुने विश्वास लिएको बताए ।
त्यस्तै छैठौं चन्द्रौटा महोत्सवको डन्स आइडललाई मुख्य आकर्षण रुपमा हेरिएको छ ।छैठौं चन्द्रौटा डान्स आइडलको प्रथम पुरस्कार रु ५० हजार एक सय एघार, दोस्रो पुरस्कार रु।३० एक सय एघार र सन्त्वना पुरस्कार दुई जनालाई रु १० हजार १ सय ११ रहेको महोत्सव मुलआयोजक समितिले जानकारी गराएको छ ।
