आज सार्वजनिक विदा
काठमाडौं । गण्डकी प्रदेशमा आज ९मंगलबार० सार्वजनिक बिदा दिइएको छ । गण्डकी प्रदेश सरकारले ‘तमु ल्होसार’को अवसरमा सार्वजनिक मंगलबार बिदा दिएको हो ।
गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसार’को अवसरमा सार्वजनिक बिदा दिइएको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्र रामशरण बस्नेतले बताउनु भएको छ ।
गण्डकी प्रदेश अन्तरगतका मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, मनाङ, गोरखा र नवलपुरका सबै सरकारी कार्यालय मंगलबार बिदा हुनेछ । गण्डकी प्रदेश सरकारले ‘तमु ल्होसार’मा गत वर्ष पनि सार्वजनिक बिदा दिएको थियो ।