Connect with us
Kapilvast Forest

निजामतीमा ७० प्रतिशत आरक्षण बनाउन प्रस्ताव

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

 

काठमाडौं । सांसदहरुले निजामती सेवामा जातीय आधारमा दिइने आरक्षण ७० प्रतिशत बनाउन प्रस्ताव गरेका छन् । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा सांसदहरुले खुला प्रतिस्पर्धालाई ३० प्रतिशतमा झारेर ७० प्रतिशत आरक्षित गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तसम्बन्धी विधेयकमाथि सोमबार भएको छलफलमा सांसदले निजामती सेवामा आरक्षण ७० र खुलामा ३० प्रतिशतको प्रस्ताव राखेका हुन् ।

हाल निजामती सेवामा रहेको ४५ प्रतिशत आरक्षण र ५५ प्रतिशतमा खुला प्रतिस्पर्धालाई संशोधन गरी ७० प्रतिशत आरक्षण र खुलामा ३० प्रतिशत बनाउनुपर्ने प्रस्ताव सांसद यशोदा सुवेदी गुरुङ र रेखा शर्मा लगायतले गरेका छन् । राजधानी दैनिकमा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu