Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ‌ओली फेरि झापा जाँदै, आजै मोरङ पनि पुग्ने

२०७७, १८ फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि गृहजिल्ला झापा जाँदैहुनुन्छ । दुई दिनअघि मात्रै प्रधानमन्त्री ओली झापामा नेपाल-चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किनु भएको थियो ।

आज फेरि विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली झापा जान लागेको उहाँको सचिवालयले जनाएको छ। दुर्गा प्रसाईंले सञ्चालन गरेको क्यान्सर अस्पताल तीन सय शय्या क्षमताको छ।

प्रधानमन्त्री ओलीले आजै विर्तामोड नगरपालिका–७ मा विपन्न परिवारका लागि निर्मित एकीकृत वस्ती पनि उदघाटन गर्ने कार्यक्रम तय भएको छ।

झापापछि प्रधानमन्त्री ओली मोरङको उर्लाबारी आउने कार्यक्रम छ। उर्लाबारीमा सन्थाल जातिको एकीकृत बस्ती शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu