Connect with us
Kapilvast Forest

बोरामा छोपिएको अवस्थामा गुल्मीमा २१ वर्षीय युवतीको शव फेला

२०७७, १८ फाल्गुन मंगलवारमा प्रकाशित

गुल्मी -गुल्मीको रेसुङ्गा नगरपालिका–३, भाडगाउँमा हिजो आफ्नै घरनजिकै २१ वर्षीय युवती सम्झना बोहरा मृत भेटिनु भएको छ । घरभन्दा पश्चिमतिर एउटा कोप्चामा भेटिएको उहाँको शव बोरा र स्याउलाले छोपिएको थियो । त्यो गन्हाउन थालेको थियो । घाँस काट्न हिँडेका स्थानीय लालबहादुर विकले शव देखेपछि प्रहरीलाई खबर गर्नु भएको थियो ।जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुग्यो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी पुरुषोत्तम पाण्डेका अनुसार शव छोपेको बोराको चारैतिरको छेउ ढुंगाले थिचिएको थियो । शव पहिचान गर्न प्रहरीलाई मुस्किल परेको थियो ।

घटनास्थल, शवको अवस्था, जनप्रतिनिधि र गाउँलेसँग कुरा बुझेपछि शव सम्झनाकै हो भन्ने निचोडमा पुग्यो प्रहरी । त्यसपछि सम्झनाको माइती पक्षलाई खबर गरियो । ‘युवतीको माइतीपक्षले हेरेपछि मात्र शव निकाल्ने भनेर हामीले घटनास्थललाई घेरेर राखेका छौँ’, डीएसपी पाण्डेले भन्नु भयो ‘उहाँहरू आज आइपुग्नुहुन्छ अनि शव निकाल्छौँ ।’

हत्या दुई÷चार दिनअघि भएको हुनसक्ने प्रहरीको अनुमान छ । उअअआँले घटना रहस्यमय देखिएको र थप कुरा अनुसन्धानपछि मात्र भन्न सकिने बताउनु भयो । यद्यपि, घटनास्थल र शवको स्थिति हेर्दा युवतीको हत्या भएको आशंका गरिएको उहाँले बताउनु भयो ।

१४ महिने बच्चाकी आमा सम्झनाका श्रीमान् गाडी चालकहो उहाँ कहिले कसो आउनुहुन्थ्यो । सम्झनाका ससुरा भारतमा काम गर्छन् । घरमा सासु तोकमली खत्री र बुहारी मात्र बस्दै आउनु भएको थियो । ‘तर, फागुन २ गते सम्झनाकी सासु पनि घरनजिकै खनियाँको रूखमा झुन्डिएको अवस्थामा मृत भेटिनु भयो । हल्ला छ– उहाँले आत्महत्या गर्नु भयो ’, रेसंगा नगरपालिकाकी उपप्रमुख सीता भण्डारीले भन्नु भयो ‘तर, पोस्टमार्टम रिपोर्ट सार्वजनिक नहुँदै बुहारी मृत भेटिनु भएको थियो ।’

उपप्रमुख भण्डारीका अनुसार मृत्युको केही दिनअघि सम्झनाकी सासुले गाउँलेसित भन्नु भएको थियो , ‘बुहारीसँग दुइटा केटा आएर घरमा बसे । मलाई कोठामा थुनिदिए । भोलिपल्ट उनीहरू घरमा थिएनन् ।’ बुहारी बेपत्ता भएको दुई दिनपछि सम्झनाकी सासुले आत्महत्या गरेको खबर गाउँभरि फैलिएको थियो । २९ माघदेखि सम्झना घरबाट बेपत्ता हुनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu