Connect with us
Kapilvast Forest

महेश बस्नेतले भरतपुरमा हुने जिल्ला भेलालाई सम्बोधन गर्दै

२०७७, १९ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं- राष्ट्रिय युवा संघ नेपाल चितवनको जिल्ला भेला आज भरतपुरमा हुने भएको छ । भेलालाई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का युवा नेता महेश बस्नेतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

युवा संघका केन्द्रीय सचिव प्रताप डल्लाकोटीकाअनुसार कार्यक्रम आज मध्यान्ह १२ बजे भरतपुर महानगरपालिका वडा नं १२ स्थित वसन्त चोकमा रहेको स्मार्ट पार्टी प्यालेसमा हुनेछ । उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ चितवनको जिल्ला कमिटी घोषणा, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम हुने डल्लाकोटीले जानकारी दिनुभयो ।

“समृद्ध नेपाल, सुखी नेपाली समाजवाद निर्माणाको आधार, राष्ट्रिय स्वाधिनता र राजनीतिक स्थिरता आजको सरोकार” नाराका साथ हुने उक्त कार्यक्रममा बस्नेत सहित संघका केन्द्रीय उपाध्यक्ष गजेन्द्र शाही लगायतका नेताहरुले सम्बोधन गर्नुहुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu