घरको छतबाट खसेर मजदुरको मृत्यु
जनकपुरधाम -सर्लाहीमा निर्माण गर्दै गरेको घरको छतबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ । सदरमुकाम मलंगवा नगरपालिका-४ पानी टंकीस्थित रामबाबु साहको दोस्रो तल्लाको छत ढलान गर्ने क्रममा खसेर ती मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कौडेना गाउँँपालिका -२ इनर्वा बस्ने २० वर्षीय श्याम मुखिया रहेको सर्लाही प्रहरीले जनाएको छ । छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।