Connect with us
Kapilvast Forest

मानव ओसारपसार र बलात्कार गर्ने रबिना पक्राउ

२०७७, २० फाल्गुन बिहीबारमा प्रकाशित

झापा-मानव ओसारपसार तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गौरीगंज गाउँपालिका ६ बस्ने २६ वर्षीया रबिना राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाको २०७६ असार ३० गतेको फैसलाले मानव ओसारपसार तथा जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

रबिनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu