ओली विकास र समृद्धिको नायक भएकै कारण मेरो साथ छ: टोपबहादुर रायमाझी
काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नुको कारण खुलाउनु भएको छ। सुनकोशी–मरिन बहुउद्देश्यीय आयोजना शिलान्यास समारोहमा उहाँले प्रधानमन्त्री ओलीलाई समर्थन गर्नुको कारण खुलाउनु भएको हो ।
बिहीवार सिन्धुलीमा भएको शिलान्यास समारोहमा सम्बोधन गर्दै मन्त्री रायमाझीले प्रधानमन्त्री ओली विकास र समृद्धिको नायक भएको दाबी गर्नु भएको हो ।
कतिपयले तपाईंहरूले ओलीलाई ओलीलाई किन समर्थन गरेको रु भनेर प्रश्न गर्ने गरेकोबारे उहाँले भन्नु भयो , ‘उहाँ विकास र समृद्धिको नायक हो । ज्यादै प्रतिकूल अवस्थामा, छोटो अवधिमा समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानका साथ अगाडि बढिहरनुभएको छ ।’
पूर्व माओवादी खेमाका रायमाझी पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छोडेर ओली समूहलाई साथ दिनु भएको छ । उनी ओली समूहमा खुलेपछि हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालीरहनु भएको छ ।