Connect with us
Kapilvast Forest

सांसदबाट छुट्टी पाए ज्येष्ठ नागरिकको भत्ता पाइने उमेर भएछ– प्रधानमन्त्री ओली

२०७७, २४ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ज्येष्ठ नागरिक भत्ता पाउने उमेरको भएको बताउनुभएको छ ।सोमबार काठमाडौंमा १ सय ११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले ज्येष्ठ नागरिकलाई लगाउने कोरोनाविरुद्धको पहिलो खोप आफूबाट लगाउन सुरु भएपछि ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर भएको थाहा पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पेन्सन सेन्सर जागिर केही छैन, सांसदबाट छुट्टी पाइयो भने ज्येष्ठ नागरिक भत्ता पाइने उमेर भएछ भन्ने थाहा भयो ।’

उहाँले ज्येष्ठ नागरिक भएर कोरोनाविरुद्धको खोप लगाउनु रमाइलो कुरा नभएको बताउनुभयो । ‘हिजो मैले ज्येष्ठ नागरिकहरुले लगाउने खोपको सुरुवात गरेँ, मन अलि चिसो हुने कुरा हो,’ उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिक भएर पहिलो खोप लगाउनु भनेको रमाइलो कुरा होइन, तर पनि मैले खोप लगाएर सुरु गरेँ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu