Connect with us
Kapilvast Forest

नारी दिवसको अवसरमा श्रीमानलाई बोकेर दौड प्रतियोगिता

२०७७, २४ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं – १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको देवघाट गाउँपालिकामा जोडी दौड प्रतियोगिता आयोजना गरिएको छ ।श्रीमतीले श्रीमानलाई बोकेर दौडिने गरी प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिनु भयो ।

प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो, गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएको गाउँपालकिाकी उपाध्यक्ष विमला थापाले जानकारी दिनु भयो । उहाँका अनुसार प्रतियोगितामा १४ जोडी सहभागी थिए ।

सुन्दा प्रतियोगिता नौलो खालको लागेपनि शारीरिक, मानसिक र भौतिक रुपमा महिला पनि पुरुषसरह हुन्छन् भन्ने सन्देश दिनका लागि यस्तो खालको प्रतियोगिताको आयोजना गरिएको उपाध्यक्ष थापाले अनलाइनखबरलाई जानकारी दिनु भयो । थापाका अनुसार प्रतियोगिताका विजेताले शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu