Connect with us
Kapilvast Forest

प्रमुख जिल्ला अधिकारी पाण्डेलाई चन्द्रौटामा स्वागत

२०७७, २४ फाल्गुन सोमबारमा प्रकाशित

कपिलवस्तु-चेम्बर अफ कर्मस कपिलवस्तुले उदयपुरबाट सरुवा भई कपिलवस्तु आएका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेलाई स्वागत गरेको छ । जिल्लाको शिवराज–५, चन्द्रौटा स्थित कर्मसको भवन चन्द्रौटामा स्वागत तथा अभिनन्दन गरिएको हो ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले यहाँको शान्ति सुरक्षाको निम्ति आफु लागि पर्ने र समस्या समाधानमा खट्निेमा प्रतिबद्घता व्यक्त गरे । सबैको सल्लाह सुझाबलाई मनन गर्दै अगाडि बढ्ने र कपिलवस्तु खुल्ला सिमाना भएको जिल्ला हुने हँुदा त्यता तिर पनि ध्यान केन्द्रित गदै सबैको साथ सहयोगको अपेक्षा समेत रहेको अधिकारी पाण्डेले विश्वास व्यक्त गरे । प्रशासनले मात्र नभई स्थानिय सरकार, जनप्रतिनिध सरकारी निकाय तथा गैर सरकारी निकाय लगायत निजि क्षेत्रबाट सहयोग हातेमालो गर्न आवश्यक रहेको उनले जनाए । तथ्य विश्लेषण गर्दै एकिकृत रणनिति बनाएर सुरक्षा निकाय परिचालित गर्नुेपर्नेमा अधिकारीले पाण्डेले जोड् दिने बताए ।

त्यसैगरी कार्यक्रकममा चेम्बर अफ कर्मस कपिलवस्तुका अध्यक्ष महादेब पोख्रेलले तस्करहरुको विगविगी अन्त्य गरी ब्यापारी व्यवसायीलाई सहज वातावरण प्रदान गर्नको लागि अधिकारी पाण्डेलाई सुझाए । उनले शान्ति सुरक्षा भएन भने व्यापार व्यावसाय फस्टाउन गाह्रो हुने हुँदा शान्ति सुरक्षा कायम गर्न जरुरी रहेको अध्यक्ष पोख्रेलले जनाए ।

उक्त कार्यकममा मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका संयोजक विष्णु प्रसाद खतिवडा, चेम्बर अफ कर्मस कपिलवस्तुका वरिष्ठ उपाध्यक्ष जगत पौडेल लगायत बोल्ने वक्ताहरुले कपिलवस्तु जिल्ला खुल्ला सिमाना भएको हँुदा मानव बेचविखनका घटना बढि हुने हुँदा यसको न्युनिकरणमा अह्म भुमिका खेल्नुपर्ने जानकारी दिए । शान्ति सुरक्षा र व्यापारीहरुको हक हितलाई मनन गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गर्दै स्वागत सहित सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu