Connect with us
Kapilvast Forest

शितगंगामा मनाइयो महिला दिवस

२०७७, २४ फाल्गुन सोमबारमा प्रकाशित

अराज बेल्बासे ,अर्घाखाँची – शितगंगा शितगंगा नगरपालिकामा बिभिन्न प्रमुख तथा प्रतिनिधीहरुले लैगिक हिँसा अन्त्यका लागि सार्वजनिक रुपमा प्रतिवद्धता गरेका छन । शितगंगा नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा कार्यक्रममा शितगंगा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत प्रेम केसी, शिक्षा शाखा अधिकृत नागेन्द्र नेपाल , स्वास्थ शाखा प्रमुख कृक्ष्ण पौडेल लगायत बिभिन्न सहकारी बिभिन्न शाखाका कार्यरत कर्मचारीले कार्यक्रमको ब्यानरमा हस्ताक्ष्र गरि प्रतिवद्धता जनाएका हुन ।

शितगंगा नगरपालिकामा नारी दिवसको अबसरमा महिला समान समानताको माग गर्दै ¥याली सम्पन्न गरिएको छ । शितगंगा नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ¥याली सम्पन्न भएको हो । महिला सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ नारी दिवस शितगंगा नगरपालिकामा समेत मनाइएको हो ।

शितगंगा नगरपालिकाका बिभिन्न सहकारीमा आवद्ध महिला तथा बिभिन्न बिद्यालयका बिद्याथीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै शितगंगा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारीले महिला असमानता बिगतको तुलनामा निकै कमी भएको बताउनु भयो । नेपाल सहित बिश्वमा महिला सहभागीतामा वृद्धि भइ सकेकोले पनि क्रमस महिलाहरुले समेत समान अबसरमा वृद्धि भए पनि नितीकै रुपमा महिला सहभागीता हरेक क्षेत्रमा समान हुनु पर्नेमा जोड दिनु भयो ।

 

कार्यक्रममा शितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम केसी , नेकपाका प्रतिनिधी काशी आचार्य , काग्रेश प्रतिनिधी सुमन्त पौडेल , बिभिन्न सहकारीमा आवद्ध महिला प्रतिनिधी लगायतले आफ्नो धारण राख्नु भएको थियो । रोजगार शाखा प्रमुख नरमाया सुबेदिको स्वागत , शितगंगा एकल महिला संघका अध्यक्ष मेनाका श्रेष्ठको अध्यक्षता र कुसुम थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu