नेकपाको बोर्डमुनि माओवादीको बैठक
काठमाडौं-नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बसेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो बैठक बसेको छ । बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने९नलिने बारे छलफल भएको छ ।
सर्वोच्च अदालतले पूर्व एमाले र माओवादी केन्द्र मिलेर बनाएको नेकपालाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र पूर्व अवस्थामै फर्किएसँगै अलग–अलग गतिविधि हुन थालेका हुन् ।
नेकपा एमालेले आफ्नो पार्टी कार्यालयको बोर्ड परिवर्तन गरे पनि माओवादीको मुख्यालय पेरिसडाँडामा भने अझै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै बोर्ड कायम रहेको छ । निर्वाचन आयोगको पत्र प्राप्त नगरेको कारण बोर्ड परिवर्तन नगरिएको नेताहरुले बताएका छन् ।