Connect with us
Kapilvast Forest

सुचना बोर्ड बिनै धमाधाम निर्माण कार्य, नागरिक सुचनाबाट बन्चित

२०७७, २५ फाल्गुन मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी,कपिलवस्तु –
कुनै पनि भौतिक सरंचना निर्माण गर्दा त्यसको लागत स्टीमेट, ठेकेदार पक्षको जानकारी, सरंचनाको सम्झौता मिति, कार्य सम्पन्न मिति उल्लेख गरी बोड बनाएर राखीने गरिन्छ । नागरिकहरुले आफनो गाँउ ठाउमा निर्माण हुने भौतिक संरचनाको बारेमा जानकारी पाउने उनीहरुको नैसर्गीक अधिकार हो । नयाँ निर्माण गरिने संरचना स्थलका् बारेमा बोर्ड राखीनु अनिवार्य हुन्छ । बोर्ड राखीने रकम समेत विनियोजीत गरीएको हुन्छ ।

बोर्डबाट निर्माण हुने सरंचनाको बारेमा लगभग पुरै जानकारी लेखीएको हुन्छ । तर कपिलवस्तुको शिवराज नगरपालिकामा भने भौतिक संरचना निर्माण हुदा स्थानिय बेखबर बनेका छन । शिवराज नगरपालिका वडा नं ३ मा निर्माण भैरहेको अधिकांस निर्माण स्थलमा काम भैरहेको छ तर ति निर्माण कार्य कसले गरेको छ भन्ने जानकारी स्थानियलाई छैन । शिवराजको वडा नं ३ खरेन्द्रपुर गाँउमा निर्माण भैरहेको सडक कस्ले निर्माण गर्दै छ कति लागतमा निर्माण हुने हो लगायतका जानकारीबाट बन्चित भएको स्थानिय असलम धोबीले जानकारी दिनुभयो ।

त्यस्तै शिवराज ३ नं वडाको सोनबर्षी, डिहवा सडक निर्माण कार्य भैरहेको छ । त्यहा पनि सडकको बोड लगाइएको छैन । सोनबर्षी डिहवा ग्रभेलमा स्टीमेट अनुसार काम नभएको स्थानियले बताएका छन ।

शिवराज नगरपालिकाको ३ नं वडा मदवामा भर्खरै निर्माण गरिएको कालोपत्रे सडकमा पनि कुनै जानकारी मुलक बोड लगाइएको पाइदैन । सडक बनेर तयार छ तर कसले कति लागतमा निर्माण गर्यो कहि कतै उल्लेख गरेको छैन । निर्माणको काम गर्दा ठेकेदार पक्षले सडक बोर्ड लगाउनु पर्ने भएपनि कतिपयले नलगाउने गरेको शिवराज नगरपालिकाका इन्जिनियर मोहन केसीले बताउनुभयो । “निर्माण कम्पनीलाई सुचना वोड राख्न भनेका छौ, केसीले भन्नुभयो

शिवराज नगरपालिकाका अनुसार खरेन्द्रपुरको सडक बनाउने जिम्मा कृर्ति निर्माण सेवाले चालिस लाखको लागतमा ७ सय मिटर सडक कालोपत्रे गरीरहेको नगरपालिकाले जनाएको छ । मदवाको सडक लुम्बिनी प्रदेश सरकारको भौतिक पुर्वाधार डिभिजनले सडक निर्माण गर्ने जिम्मा पाएका छन । ति सबै सडकमा बोर्ड व्यनर राखीएको छैन ।

यता शिवराज ३ खरेन्द्रपुर गाँउको सडक कालोेपत्रे गर्न ठेक्का पएको कृति निर्माण सेवका प्रमुख गुन्जन कुमार गुप्ताले बोड बनाउन तौलिहवा दिएको बताउनु भयो । तौलिहवामा बोर्ड बनाउनेले समयमा काम गर्न नसकेकोले चन्द्रौटामा बोड बनाउन दिन भनेको छु भन्दै गैर जिम्मेवार जवाफ दिनु भयो ।

यता शिवराज नगरपालिकाको अनुगमन समितिको संयोेजक शिव कुमारी चौधरीले निर्माण स्थलमा अनिवार्य रुपमा सुचना बोर्ड राखीनु पर्ने बताउनु भयो । खरेन्द्रपुर, सोनबर्षा निर्माण भैरहेको सडकको भुक्तानी दिने बेला मात्र सडक अनुगमन गर्ने उप्रमुख चौधरीले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu