Connect with us
Kapilvast Forest

शिवगढीको प्रचारको लागि धानखोला र रमुवादहमा मेला लाग्दै

२०७७, २५ फाल्गुन मंगलवारमा प्रकाशित

कपिलवस्तु-शिवरात्रीको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका वडा ९ का रहेको शिवगढी मन्दिरको प्रवेशद्धारमा मेला लाग्ने भएको छ । मन्दिरको प्रवेशद्धार रहेको धानखोला र रमुवादहमा मेलाको तयारी गरिएको छ । शिवगढी मन्दिरको प्रचार प्रसारमा टेवा पुराउने उद्देश्यले मेला आयोजना गरिएको शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिनेश पुनले बताउनुभयो ।

विगतका वर्षहरुमा जस्तै विभिन्न क्लव स्तरीय प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो । भक्तजनहरुलाई मध्यनजर गरी रुद्री, हवन,प्रसाद ग्रहग र भण्डारको समते व्यवस्था गरिएको पुनले बताउनुभयो ।

मेलामा राष्ट्रिय तथा स्थायिन कलाकारहरु समेत प्रस्तुती रहने भएकोले सहभागी मनोरन्जन लिन आग्रह गर्नुभयो । रमुवादह तथा धानखोला देखि भण्डै तीन घण्टाको उकालो चढेपछि पुगिने शिवगढी मन्दिरमा सुरक्षा व्यावस्था सगै पुजाआजाको राम्रो व्यवस्था भएको बताइएको छ ।

भारतको उत्तरप्रदेश तथा बिजनगर,कृष्णनगरका स्थानियहरु रमुवादह हुदै मन्दिर जाने र दाङ,प्युठान,अर्घाखाची कपिलवस्तु लगाएतका स्थानियहरु धानखोला हुदै मन्दिर दर्शन गर्न जाने गर्दछन् । रमुवादहमा पनि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती राखिएको छ भने मेलाको तयारी अन्तिम चरणमा रहेको आयोजना शिवगढी पर्यटन सस्थाले जनाएको छ ।मेला दवै स्थानमा फागुन २५ गते देखि २७ गते सम्म हुनेछ

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu