खानेपानी उपभोक्ता महासंघको अध्यक्षमा पोख्रेल चयन
चन्द्रौटा-खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको शिवराज नगरस्तरीय समिति गठन गरिएको छ । मंगलवार शिवराज नगरपालिका ५ चन्द्रौटामा भएको कार्यक्रमले टोपलाल पोख्रलेको अध्यक्ष तथा नगरस्तरीय महासंघ गठन भएको हो ।
जसको उपाध्यक्षमा राधिका यादव,सचिवमा टोपकला गैरे,कोषाध्यक्षमा रेश्मा नेपाल,सहसचिवमा धविन्द्र क्षेत्री सहित १३ सदस्य चयन गरिएको हो । उक्त भेलाले ढुण्डीराज अधिकारीको संयोजक्तमा तीन सदस्य लेखा समिति समेत चयन गरेको छ । भेलाले कमला पाण्डे र रविदत्त मिश्रलाई जिल्ला सदस्यमा मनोनित गर्न सिफारीस समेत गरेको छ ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षता,शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यता,खा.पा महासंघ केन्द्रिय सदस्य कमला न्यौपने लगाएत वडा अध्यक्षहरु सहभागिता रहेको थियो । रेखा पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन धर्मराज गैरेले गर्नुभएको थियो ।